काठमाण्डौ । फ्यान्टाले यो वर्ष ‘कलरफुल हामी’ अभियान आयोजना गर्दैछ। यो पहिलाको भन्दा धेरै रमाइलो र रंगीन हुनेछ। 

यो अभियानले मुख्य गरी मानिसहरुको रंगीनतालाई उजागर गर्न खोजेको छ। जुनसुकै उमेर, लिंग, पेसा भए पनि हरेक मानिसहरु आफ्नो भित्री रंगलाई विभिन्न माध्यमबाट उजागर गरीरहेका हुन्छन्। मानिसहरुको यस्तै आफ्नै रंग र चुलबुलेपनलाई यो क्याम्पेनले सेलेब्रेट गर्न खोजेको छ।

यो क्याम्पेनमा २ वटा नयाँँ टेलिभिजन विज्ञापनहरु छन्, जसले मस्तीका रंगहरुसँग जीवनको आनन्दलाई अंगाल्दै मुस्कान फैलाउन चाहने र आफ्नो रंगीन पक्ष देखाउन चाहने स्ट्रिट पर्फर्मर, टिकटकरहरु र बाइक स्टन्टर्सहरुमार्फत चुलबुलेपनलाई देखाउन खोजिएको छ। यी विज्ञापनहरुले रंगको शक्ति र तिनीहरुले हामीलाई प्रदान गर्ने चन्चलतालाई देखाएका छन्। यो क्याम्पेनको अर्को विज्ञापनले चाहिँ होलीमा रमाइरहेको चुलबुले युवाको मस्ती र रंगीनपन देखाएको छ।

होली उत्सवको एउटा हिस्साको रुपमा फ्यान्टाले केटिएम लाइभसँग सहकार्य गर्दै ‘नेपाल टुर कलर मानिया’ गर्दैछ, जुन काठमाण्डौ, पोखरा, इटहरी, धरान, हेटौँडा, बुटवल र नारायणघाटलगायत नेपालका प्रमुख सहरमा १३ वटा कार्यक्रम गरी मनाइँदैछ। यी कार्यक्रममा रमाइला र सहभागितामूलक गतिविधि राख्दै फ्यान्टाले आफ्ना उपभोक्तासँग अझै गहिरो सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ। 

यसका साथै फ्यान्टाले ‘कलरफुल हामी’ थिमको इन्स्टाग्राम फिल्टर पनि ल्याउँदैछ। यी विज्ञापनहरु भिडियो, सिनेमा, इन्फ्लुएन्सरहरु र सामाजिक सञ्जाल हितको फ्यान्टाको मार्केटिङ क्याम्पेनको एउटा हिस्सा हुन्।