काठमाण्डौ । सुजल फुड्स प्रालि नेपालको अग्रणी कन्फेक्सनरी कम्पनीले ‘फ्रेसो ब्रेथ’ नाराका साथ फ्रेसो क्यान्डीको विज्ञापन सुरु गरेको छ।
यस विज्ञापन अभियानमा फ्रेसो क्यान्डी भनेकै ताजा स्वास भनेर प्रचार गरिएको छ। फ्रेसो क्यान्डीले स्फुर्तिदायी ताजा स्वास प्रदान गर्नुको आत्मविश्वास बढाउँछ भन्ने सन्देशसहित यो विज्ञापन अभियान सुरु गरिएको हो।
फ्रेसो ब्रेथले किशोर र युवावर्गबीचको रमाइलो र स्फुर्तिदायी क्षणहरु चित्रण गर्दछ। किशोर र युवावर्गहरु स्वभावले सामान्यता चञ्चले र रमाइलो स्वभावको हुन्छन्। फ्रेसो ब्रेथले युवावर्गबीचको सुन्दर रोमान्टिक क्षण चित्रण गरेको छ।
यस विज्ञापनका एक किशोर किशोरीप्रति आकर्षित हुन्छन् र फ्रेसो क्यान्डीको ताजा स्वास तथा आत्मविश्वासका कारणले किशोरीसँग त्यो क्षणमा रमाएको देखाइएको छ।
किशोर र युवालाई लक्षित गर्दै यो सन्देश विभिन्न मिडियामा, प्रसारण तथा सञ्चारका माध्यम जस्तै– डिजिटल बोर्डहरु, सामाजिक साइटहरु, चलचित्र थिएटर र अन्य प्रकाशन प्लेटफर्महरुमार्फत राज्यभर विज्ञापन गरिएको छ।
फ्रेसो क्यान्डी नेपाली मिन्ट क्यान्डी उद्योगमा एक प्रभानशाली हिस्सा भएको क्यान्डी हो। फ्रेसो क्यान्डी मेन्थालिप्टस फ्लेवर क्यान्डी हो। जसले स्फूर्तिदायी सास प्रदान गर्दछ र साथसाथैै ताजगीभरि स्वास र शीतलताको अनुभूति प्रदान गरेर मुखलाई ताजापन दिन्छ।
आर्कषक बनावट र लामो समयसम्म प्राप्त हुने उत्कृष्ट मिन्ट स्वादले सास ताजा बनाउने र शीतलता प्रदान गर्नुको साथसाथै आत्म–विश्वास बढाउन पनि मद्दत गर्दछ।
फ्रेसो सुजल फुड्स प्रालिको लोकप्रिय उत्पादनमध्ये एक हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19