काठमाण्डौ । नजिकिदो चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइटको टिकटको भुक्तानी कनेक्ट आईपीएसबाट गर्दा आकर्षक “उडु–उडु लाग्छ अफर” सार्वजनिक गरिएको छ ।

यस अफर अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको अनलाइन बुकिङ्ग गरी कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्दा हरेक हप्ता २०० जनाले  २०० रुपैयाँ क्यासब्याक पाउनेछन् । साथै, तीन जना भाग्यशाली ग्राहकले अफरको अन्त्यमा कपल स्टेकेशन जित्न सक्नेछन् ।
क्यासब्याक अफर बुद्ध एयर प्रालि, सौर्य एयरलाइन्स (पी) लिमिटेड, श्री एयरलाइन्स प्रालि र यति एयरलाइन्स प्रालिको फ्लाइट टिकट भुक्तानीमा उपलब्ध रहेको छ ।

यो अफर  असोज१४ गतेदेखि कात्तिक ११ गतेसम्म उपलब्ध हुनेछ । एयरलाइन्सको वेब वा मोबाइल एपबाट फ्लाइट टिकटका बुकिङ गरी कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्ने सबै ग्राहकहरू उक्त अफरको लागि योग्य हुनेछन् । अफर अवधिमा हप्ता सकिएपछि कनेक्ट आईपीएसको वेबसाइटमा साप्ताहिक विजेताको घोषणा गरिनेछ र क्यासब्याक रकम ग्राहकले भुक्तानी गरेको बैंक खातामा जम्मा गरिनेछ ।
कनेक्ट आईपीएस, कुनै पनि बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फरलगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ति एक प्रमुख तथा सजिलो माध्यम हो ।

कनेक्ट आईपीएसको वेबमार्फत प्रतिकारोबार २० लाख रुपैयाँसम्म र यसको मोबाइल एपमार्फत प्रतिकारोबार २ लाखसम्मको भुक्तानी गर्न सकिन्छ ।

कनेक्ट आईपीएसमार्फत चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात् भदौ मसान्तसम्म ७५१ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी कारोबार फर्छयौट भइसकेको छ ।