काठमाण्डौ । स्वस्तिक रोलिङ मिल्सद्वारा उत्पादित बजरंग स्टिलले नेपाल गुणस्तर चिह्न १९१ प्राप्त गरेको छ।
उत्पादन सुरु गरेको छोटो अवधिमै बजरंग स्टिलले आफूलाई गुणस्तर परीक्षणमा अब्बल साबित गर्दै प्रतिष्ठित नेपाल गुणस्तर चिह्न प्राप्त गर्न सफल भएको हो। मोरङ औद्योगिक क्षेत्रअन्तर्गत दुहबी नगरपालिकामा रहेको स्वस्तिक रोलिङले बजरंग ब्रान्डअन्तर्गत टीएमटी छड, एंगल, च्यानल र आई–बिम उत्पादन गर्दै आइरहेको छ।
नेपाली बजारको माग र मूल्यलाई सन्तुलन गर्दै गुणस्तरीय स्टिल उत्पादन तथा बिक्रीवितरण गर्दै जाने कम्पनीको लक्ष्य रहेको छ।
प्रतिष्ठित व्यापारिक घराना गोल्छा, राठी र प्रतिष्ठित व्यापारीहरु जीवन रिजाल र इन्तकाब अहमद मियाको २ अर्ब ५० करोडको संयुक्त लगानीमा सञ्चालनमा आएको स्वस्तिक रोलिङ मिल्सले निकट भविस्यमा नै नेपालभर आफ्नो बिक्रीवितरण गर्ने भएको छ। आफ्नै मेल्टिङ युनिट रहेको उद्योगमा दैनिक ५०० टन उत्पादन क्षमता रहेको छ।
उद्योगले ७ देखि ४० एमएम सम्मका टीएमटीको उत्पादन गर्नेछ। बजरंग स्टिल नेपालकै सबैभन्दा नयाँ र अत्याधुनिक प्रविधिबाट उत्पादन भइरहेको कम्पनीको दाबी छ।
उद्योगले उत्पादन गरेको टीएमटीको ग्रिपिङ गुणस्तर अत्यन्त अत्याधुनिक रहेको कम्पनीले जनाएको छ। उत्पादित टीएमटीको प्रयोग ठूलठूला जलविद्युत् आयोजना, सडक, बहुतले भवन, पुल र सबै खाले प्रोजेक्टमा प्रयोग गर्न सकिने बताइएको छ। कम्पनीले ७ एमएमदेखि ३२ एमएमसम्मको टीएमटी उत्पादन गर्दछ।
प्रतिष्ठित नेपाल गुणस्तर चिह्न ८ देखि ३२ एमएमसम्मको टीएमटी छडले प्राप्त गरेको छ। नेपाली बजारमा गुणस्तरीय स्टिल उत्पादन गर्ने थप जिम्मेवारी पाएको र गुणस्तरको प्रतिबद्धतालाई सधैँ मनन गर्ने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago