काठमाण्डौ । स्वस्तिक रोलिङ मिल्सले सुनसरीको इटहरी र मोरङको बिर्तामोडमा ‘कन्ट्रयाक्टर मिट’ कार्यक्रम सम्पन्न गरेको छ।
वैशाख २९ गते सुनसरीको इटहरीमा र जेठ ३ गते बिर्तामोडमा ‘कन्ट्रयाक्टर मिट’ कार्यक्रम सम्पन्न गरेको हो। ‘कन्ट्रयाक्टर मिट’ कार्यक्रममा दुवै स्थानमा गरी १७० जना निर्माण व्यवसायीको सहभागिता थियो।
कार्यक्रममा उद्योगका महाप्रबन्धक रमण आचार्यले स्वस्तिक रोलिङबाट उत्पादित फलामे डन्डीका प्रकार, गुणस्तर र प्रयोगका बारेमा जानकारी दिएका थिए।
महाप्रबन्धक आचार्यले अहिले नेपालमा देखिएका सबै फलामे डन्डीभन्दा स्वस्तिकका डन्डीहरु बढी गुणस्तरीय भएको बताए।
इन्जिनियर कृष्ण पोखरेलले कस्ता प्रकारका डन्डीको प्रयोग गर्नुपर्छ भन्ने विषयमा प्रकाश पारे। इन्जिनियर पोखरेलले प्राविधिक मापदण्डअनुसार फलामे डन्डीको प्रयोग कसरी गर्ने ? र के–के कुरामा ध्यान दिने भन्ने विषयमा पनि चर्चा गरेका थिए।
पोखरेलले डन्डीको उत्पादन प्रक्रिया र प्राविधिक पक्षका बारेमा स्पष्ट पार्दै बजरङ्ग ब्रान्डका फलामे डन्डीहरु नै नेपालमा सबैभन्दा टिकाउ, गुणस्तरीय र भरपर्दो रहेको उल्लेख गरे।
मुलुकमा पूर्वाधार र निर्माण–सामग्रीका उद्योगहरु थपिइरहेका छन्। यही क्रममा प्रदेश नम्बर १ को सुनसरी–मोरङ औद्योगिक क्षेत्रअन्तर्गत दुहबी नगरपालिका–१ परास्टोकीमा स्वस्तिक रोलिङ मिल सञ्चालनमा आएको छ। उद्योगले हालै व्यावसायिक उत्पादन सुरु गरेको छ। स्वस्तिक रोलिङमा २ अर्ब ५० करोडको लगानी छ।
स्वस्तिक रोलिङले बिलेटको पनि व्यावसायिक कारोवार गर्दछ। बिलेटबाट उद्योगले ‘बजरङ्ग’ ब्रान्डमा टीएमटी छड, बिलेट, एंगल, च्यानल र आई बिमको उत्पादन गरिरहेको छ। एंगल, च्यानल र आई बिमको प्रयोग साना–ठुला सबै खाले घर बनाउन, घरमा ट्रस हाल्न, विद्युत् प्रसारण लाइनको टावर बनाउन, साना–ठूला सेड बनाउनलगायत विविध प्रयोजनमा गरिन्छ।
स्वस्तिक रोलिङको उत्पादन ‘बजरङ्ग’ ब्रान्डको टीएमटी छडले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिह्न प्राप्त गरिसकेको छ। उत्पादनले नेपाल गुणस्तर चिह्न प्राप्त गरेपछि उद्योगले व्यावसायिक उत्पादन गर्न थालेको हो।
उद्योगले नेपाल सरकारले निर्धारण गरेको गुणस्तरको मापदण्डभित्र रहेर उत्पादन गरिरहेको छ। उद्योगको उत्पादन–क्षमता प्रतिदिन ५०० टन छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago