काठमाण्डौ । नेपालका लागि बजाज बाइकको एकमात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७८ का अवसरमा नयाँ बजाज किन्ने ग्राहकका लागि ‘बजाज शून्य अफर’ ल्याएको छ। जसबाट ग्राहकले शून्यबाटै लाखौँलाख जित्न सक्नेछन्।

यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा बिक्रेताबाट खरिद गर्नुपर्नेछ। यो योजनाअनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएसमार्फत प्राप्त आफ्नो युनिक कोडलाई बिक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएसमार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्नेछन्। अर्थात् यस अफरमा सहभागी भएर ग्राहकले न्यूनतम पनि रु. १० हजार निश्चित रुपमा प्राप्त गर्न सक्नेछन्।

यो योजना प्रथम विज्ञापन प्रकाशित भएको मितिदेखि अन्तिम विज्ञापन प्रकाशित भएसम्म लागू हुनेछ। कम्पनीका अनुसार नयाँ वर्षमा यो अफर ल्याउनको मुख्य उद्देश्य भनेको ग्राहकलाई शून्य टेन्सन दिएर बजाजको उत्कृष्ट बाइकहरुको सवारीले निश्चिन्त बनाउनु नै हो।