काठमाण्डौ । शाओमीको रेड्मी सिरिज सस्तो मूल्यमा उच्च गुणस्तरको स्मार्टफोनका लागि परिचित छ ।

रेड्मी १२सीले नेपाली स्मार्टफोन बजारलाई अर्को तहमा पुर्‍याउन सफल भएको कम्पनीले बताएको छ । उक्त स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरुलाई प्रिमियम अनुभव प्रदान गर्ने पनि कम्पनीको भनाइ छ ।

यसैक्रममा रेड्मी १२ सी को ३ जीबी प्लस ३२ जीबी भेरियन्टको प्रारम्भिक मूल्य १३ हजार ४९९ रुपैयाँ छ । 

थप स्टोरेज चाहने ग्राहकहरुको लागि ४ जीबी ६४ जीबी   भेरियन्ट १४ हजार ४९९ रुपैयाँ र  ६ जीबी १२८ जीबी भेरियन्ट १६ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । रेड्मी १२सी को बेस भेरियन्टमा नै ग्राहकहरूले एकै साथ धेरै एपहरू बिना कुनै ल्याग, सहज मल्टिटास्किङ गर्न सक्नेछन् । साथै ६ जीबी १२८ जीबी को भेरियन्टले एप्स, फोटो, भिडियोहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्दछ ।

मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित रेड्मी १२ सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ ।

रेड्मी १२सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथ जुनसुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्दछ । मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५ हजार यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” एचडी डिस्प्ले रहेको छ ।  

शक्तिशाली प्रोसेसर, प्रभावशाली डिस्प्ले, लङ ब्याट्री लाइफ, उत्कृष्ट डिजाइन र क्यामेरा सिस्टमको साथ रेड्मी १२ सीले ग्राहकलाई यो प्राइस रेन्जमा अपेक्षा गरेभन्दा पनि धेरै प्रदान गर्ने कम्पनीको भनाइ छ ।