काठमाण्डौ । आरती स्ट्रिप्स प्रालिले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रमैत्री रहेको जनाएको छ।
बजेटले निजी क्षेत्र उत्साहित देखिएको आर स्ट्रिप्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘निजी क्षेत्रले विगतको समयदेखि उठाउँदै आएका विभिन्न मागहरु बजेटले समेटिएको छ’, विज्ञप्तिमा भनिएको छ।
बजेटमा उत्पादनमूलक उद्योगको जग्गा हदबन्दीसम्बन्धी, नेपाल सरकारको जग्गा ५० वर्षसम्मका लागि भाडामा उपलब्ध गराउनेसम्बन्धी, आत्मनिर्भर भएका उद्योगलाई निर्यात गर्दा ८ प्रतिशतसम्म क्यास इन्सेन्टिभ दिने कुरा सरहानीय रहेको विज्ञप्तिमा जनाइएको छ। ‘आइरन, वायर रड, कर्कट जस्तापातालगायतका अन्य फलामजन्य सामग्रीमा देश आत्मनिर्भर भएको अवस्थामा आयात प्रतिस्थापनको नीति हुने स्वगतयोग्य रहेको छ’, विज्ञप्तिमा भनिएको छ।
यसका साथसाथै देश फलामजन्य सामग्रीमा आत्मनिर्भर रहेकोसमेत जनाइएको छ। जुन विदेशी तथा स्वदेशी लगानीमा स्थापित उद्योगहरुले अब सहज रुपमा व्यापारव्यवसाय गर्ने बाटो खुलेको र आयातीत फलामजन्य सामग्रीबाट स्वदेशी उत्पादनलाई कुनै पनि समस्या नरहेको कम्पनीले जनाएको छ।
नेपाल स्टिल, जस्तापाता, विभिन्न वायर एवं फलामजन्य वस्तुमा आत्मनिर्भर रहेको छ। ‘अब हरेक उद्योग स्वतःस्फुर्त रुपमा संचालन हुनेमा दुइमत छैन’, विज्ञप्तिमा भनिएको छ।
यसका साथसाथै बजेटमा वार्षिक १० करोडभन्दा बढी बिजुली खपत गर्ने उद्योगलाई न्यूनतम २ देखि १५ प्रतिशत छुट दिने घोषणा गरिएको छ। तयारी अवस्थामा निर्माण भई बाहिर निर्यात गर्ने सामानका लागिसमेत राम्रो व्यवस्था गर्नुका साथसाथै मुलुकमा औद्योगिक क्षेत्रको विकास गर्न, वैदेशिक लगानी आकर्षित गर्न एवं आयात प्रतिस्थापन गरी निर्यातलाई प्रवर्द्धन गर्न सजिलो भएको कम्पनीले जनाएको छ।
यसैगरी अपार्टमेन्टहरु विदेशी नागरिकलाई बिक्री गर्न दिने बजेटको प्रावधानसँगसँगै नेपालमा स्थापित सिमेन्ट र डन्डी उद्योगहरु बिक्रीवितरण हुन सरकारको राजस्वमा समेत थप वृद्धि हुन जाने कम्पनीको ठहर छ।
बजेट स्वागतयोग्य रहेको उल्लेख गर्दै कम्पनीले यसमा गरिएका व्यवस्थाहरु चाँडोभन्दा चाँडो प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago