काठमाण्डौ। बडवाइजरले जीई फेस्ट ग्यारेज इन्टरटेनमेन्ट र आईएसएस् साउन्डले गोल्डस्टारसँगको सहकार्यमा आगामी डिसेम्बर ४ मा छाँया सेन्टर ठमेलमा आयोजना गर्ने भएको छ।
महामारीपछि मौन रहेको उद्योगलाई यस सांगीतिक कार्यक्रमले बढावा दिने विश्वास गरिएको छ। यस फेस्टको प्रमुख आर्कषण लोकप्रिय कलाकार स्वप्न सुमन र एलिमेन्टस् हुनेछ।
यसका साथै अन्य कलाकारहरुमा ओएसिस थापा, प्रवेश कुमार श्रेष्ठ, सुशान्त घिमिरे, समिर श्रेष्ठ, आकाश खड्का, सितुसित र अंकित वैद्य रहेका छन्। नेपाली संगीत प्रेमीमाझ चर्चित बेक्चाले यही कार्यक्रमद्वारा पहिलोपटक आफ्ना श्रोतासामु आउँदैछन्।
इभेन्टको प्रवेश शुल्क रु. ५०० तोकिएको छ भने विषेश गरी आईएमई एपबाट पनि गर्न सकिने छ।
बिहान ११ः३० बजे प्रवेश गर्न सकिने यस कार्यक्रममा आफ्ना उत्पादनहरु प्रदर्शन र बिक्री गर्न स्टलहरु पनि हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago