काठमाण्डौ। विश्व राजनीतिमा देखिएको संकटले निम्त्याएको आर्थिक अवस्थाले हाम्रो देश समेत इन्धनमा भएको मुल्यवृद्धिको चपेटामा परेको हामी सबैमा जानकारी नै छ। इन्धन (पेट्रोलियम पदार्थ) को मूल्य वृद्धि र यसको वढ्दो खपतले निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरी सांग्रिला डेभलपमेन्ट बैंकले इन्धन खपत कम गर्ने उद्देश्यका साथ केही सकारात्मक कदमहरु अगाडि बढाएको छ।
समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आवातजावत गर्दा साइकलको प्रयोग गर्न तथा हिँडेर कार्यालय आवतजावत गर्न बैंकले उत्प्रेरणा गरेको छ।
बैंकले इन्धन खपत घटाउने उद्देश्यले नै सकेसम्म चारपांग्रे सवारीसाधन प्रयोग गर्दा एक्लै यात्रा नगरी अन्य कर्मचारीलाई समेत सोही साधनमा यात्रा गराउन कर्मचारीलाई उत्प्रेरणा गरेको छ। उक्त सम्भव नभएको अवस्थामा सकेसम्म चारपांग्रे सवारीसाधनको सट्टा दुईपांग्रे सवारीसाधनको प्रयोग गर्न वा सार्वजनिक सवारीसाधनको प्रयोग गरेर कार्यालय आवतजावत गरी इन्धन खपत घटाउने प्रयासमा योगदान दिन बैंकले आफ्ना कर्मचारीलाई आग्रह गरेको छ।
बैंकले विद्युतीय सवारीसाधन खरिद तथा प्रयोगमा वृद्धि ल्याउन सोहीअनुसार सवारीसाधन कर्जासम्बन्धी प्रोडक्ट पेपरहरुमा परिमार्जन गरी सो प्रोडक्ट पेपरको प्रवर्द्धन गर्न लागिएको पनि बैंकले जनाएको छ।
देशमा इन्धनको खपत सक्दो कम गरी वातावरण लाई सफा स्वच्छ राख्नका लागि विभिन्न किसिमका कार्यक्रम तथा शिविरमार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘सेभ फ्युल च्यालेन्ज’ भन्ने नाराका साथ बैंक अगाडि बढेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19