काठमाण्डौ । नेपालको पहिलो र लोकप्रिय फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले आफ्नो डेलिभरी सेवा अझ सहज सुलभ पार्न अनलाइन लजिस्टिक कम्पनी उपाय सिटी कार्गोसँग सहकार्य गर्ने भएको छ।
राइडरहरुको क्षमताभन्दा बढी अर्डर आएमा उपाय सिटीका राइडरहरुमार्फत डेलिभरी गर्नेगरी सहकार्य गर्न लागिएको हो। यसले डेलिभरीहरुमा ढिलाइ हुने वा केही समयका लागि अर्डरहरु लिन रोक्नुपर्ने अवस्था हट्ने फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले बताए।
यस सहकार्यको सहज कार्यान्वयनका लागि फुडमाण्डुले उपाय सिटीका राइडरहरुलाई खाना डेलिभरी गर्नका लागि विशेष प्रशिक्षण दिइनेछ। यो सहकार्यपछि काठमाण्डौका बाहिरी इलाका र अन्य सहरमा डेलिभरी सेवा विस्तार गर्दा पनि उपाय सिटीसँगै सहकार्य गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
यसका साथै उपाय सिटीले कोल्ड चेन बक्स र झोलाहरुबाट फ्रोजेन तथा चिसो पेय पर्दाथ डेलिभरीजस्ता थप सेवाहरु प्रदान गर्नेछ। ‘यो सहकार्यमार्फत हाम्रा राइडरहरुले अफ आवरमा पनि फुडमाण्डुमार्फत थप यात्राहरु पाउनेछन्। जसले गर्दा राइडरहरुले थप आम्दनी गर्न सक्नेछन्’, उपाय सिटीका प्रबन्ध निर्देशक सुमन रायमाझीले भने।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19