काठमाण्डौ । आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालको एक पेन्ट उत्पादक बर्जर पेन्ट्स नेपालले रोटरी डिस्ट्रिक्ट ३२९२ रोटरी नेपाल लिटरेसी मिसनलाई सघाउने भएको छ । 

बर्जर पेन्ट्स नेपालले यस मिसनअन्तर्गत नयाँ तथा पुनर्निर्माण गरिने लगभग ३००० विद्यालय रंगाउन बिशेष सहुलियत दरमा पेन्टउपलब्ध गराउने भएको हो ।

यसका लागि पि.डि.जि.रोटरीयन तथा प्रमुख “रोटरी नेपाल लिटरेसी मिसन” तिर्थमान शाक्य र बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजर शैवाल घोषद्वारा वीरेन्द्र सभागृह, विराटनगरमा २०७४ माघ २०गते सम्झौतामा हस्ताक्षर गरे ।

सामुदायिक विद्यालय पुनर्निर्माण वा रंगरोगनबाहेक, कम्पनीले ग्रामीण र अविकसित क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गर्न, वातावरणीय जनचेतनाका लागि हरित क्षेत्र÷ट्राफिक जनचेतनाको प्रवद्र्धन गर्न, तथा सामाजिक रुपमा पिछडिएका समुदायमा रोजगारको अवसर सिर्जनाका लागि तालिम दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसँग सहकार्य गरिरहेको छ । 

बर्जर पेन्ट्स नेपालले शिक्षा, स्वास्थ्य र स्वच्छता, महिला सशक्तिकरण तथा अन्य धेरै विषयमा काम गर्दै आइरहेको छ ।