काठमाण्डौ । २०७९ भदौ १ गतेदेखि २०७९ मंसिर १० गतेसम्म दसैँ–तिहार र फिफा विश्वकप–२०२२का अवसरमा सञ्चालन गरिएको बर्जर रंगोत्सव उपभोक्ता अफरको विजेताहरुको घोषणा गरिएको छ। 

बर्जर रंगोत्सवमार्फत बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकले नगद र अन्य पुरस्कारहरु जितेका छन्। लक्की ड्रमार्फत इटहरीका रुपेश ढुंगानाले सोनी ७५ इन्च लिड टीभीको बम्पर पुरस्कार जितेका छन्। यसका साथै बुटवलका भूपनारायण पौडेल र वीरगन्जका शिवकुमार नन्दवालले सामसुङ ३४५ लिटर रेफ्रिजेरेटर पुरस्कार प्राप्त गनेका छन्।

अन्य पुरसकारहरुमा भाग्यशाली विजेताहरुले १० वटा सामसुङ ७.२ केजी वासिङ मेसिन २० वटा सामसुङ ए०३७ मोबाइल फोन र ७५ वटा एक्युफिट स्मार्ट वाचहरु प्राप्त गरेका छन्।

चाडपर्वको रमाइलो अवसरमा अझ खुसी थप्ने लक्ष्य सहित सार्वजनिक गरिएको बर्जर रंगोत्सव ग्राहक योजनामा ५५०० घरधनीहरुको साइत दर्ताले कम्पनीलाई थप उत्साहित बनाएको छ र गत वर्षभन्दा अझ ठूलो, भब्य र राम्रो गर्ने गरी तयारी भइरहेको कम्पनीको भनाइ छ।

डिजिटल प्रतियोगिताका विजेताहरुको पूर्ण सूची बर्जर पेन्ट्स नेपालको आधिकारिक फेसबुक पेज (http://www.facebook.com/BergerPaintsNepal) मा उपलब्ध छन्।

बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालि नेपालमा सन् २००० देखि डेकोरेटिभ पेन्ट्सको उत्कृष्ट उत्पादक हो। जसले नेपालमा सबैभन्दा बढी किसिमको पेन्ट उपलब्ध गराएको छ।