काठमाण्डौ । एमएडब्लु ग्रूप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सले एक्सक्लुसिभ रिटेलर मिथिला अर्थमुभर्स बर्दिवासमा सञ्चालनमा ल्याएको छ । 

उक्त रिटेलरको उद्घाटन बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका बिजनेस हेड रोशन कुमार श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । 

नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता एमएडब्लु ग्रूप हो । 

कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरु मार्फत देशभर बिक्री वितरण गर्दै आएको छ । 

यसको शुरुवातसँगै अब बर्दिवासका ग्राहकहरुले मिथिला अर्थमुभर्स मार्फत् सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउने छन् ।