काठमाण्डौ । बलिउड अभिनेता विवेक ओबरायले अन्नपूर्ण केबलकारको भ्रमण गरेका छन्।

गत बुधबार नेपाल भ्रमणमा आएका अभिनेता ओबरायले आइतबार परिवारसहित अन्नपूर्ण केबलकारको भ्रमण गरेका हुन्। परिवारसहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेतीबगरदेखि साराङ्कोटसम्म यात्रा गरेका हुन्।

केबलकार यात्राको क्रममा देखिने पोखराका तालतलैया र अन्य मनोरम दूश्यहरुबाट अत्यन्त आनन्दको अनुभव भएको ओबरायले सुनाए। उनलाई अन्नपूर्ण केबरकारका बजार प्रबन्धक अरुण कोइरालाले स्वागत गरेका थिए।

करिब एक वर्षअघि पोखराको सेतीबगरदेखि साराङ्कोटसम्म सञ्चालनमा आएको अन्नपूर्ण केबरलकार पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि आकर्षक गन्तव्य बनेको छ।

केबलकार बिहान ५ बजेदेखि साँझ साढे ५ बजेसम्म सञ्चालनमा रहने हुँदा साराङ्कोटबाट सूर्याेदय हेर्न जाने पर्यटकहरुका लागिसमेत थप सहज भएको छ।