 
                     
                                
                             
                                    काठमाण्डौ । नेपालमा अनलाइनमार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले कलंकीस्थित ढुंगेअड्डामा अत्याधुनिक किसिमको प्यासेन्जर लाउन्ज (यात्रु प्रतीक्षालय) सञ्चालनमा ल्याएको छ।
हवाई यात्रुलाई प्यासेन्जर लाउन्जको सुविधा भए पनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी नेपालमै पहिलोपटक यस किसिमिको लाउन्ज निर्माण गरिएको हो। यात्रुहरुलाई आफू जाने बस कुर्न कुनै किसिमको झन्झट नहोस् भन्ने उद्देश्यले बससेवाले लाउन्ज सञ्चालनमा ल्याएको हो। लाउन्जको शुक्रबार चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरे।
लाउन्जमा यात्रुहरुलाई वाईफाई, निःशुल्क खानेपानी र चिया तथा कफी खाने व्यवस्था मिलाइएकोे छ। लाउन्जको बससेवाबाट टिकट काटेका यात्रुमात्रै नभएर अन्य सबै यात्रु ले समेत प्रयोग गर्न सक्नेछन्। लाउन्ज सञ्चालनमा आएसँगै यात्रुहरु सडक किनारामा आफ्ना झोला राखेर धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।
लाउन्जको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले नेपालमै पहिलोपटक निर्माण गरिएको यस किसिमको लाउञ्जले यात्रुहरुलाई धेरै सहज हुने बताए। उनले भने, ‘सार्वजनिक यातायातमा हिँड्ने यात्रुलाई लक्षित गरी बनाइएको यस किसिमको लाउन्ज मैले नेपालमा देखेको थिइनँ। बससेवाले जुन सुविधा दिएको छ, यसले यात्रु र यातायात व्यवसायीलाई धेरै सहज बनाउनेछ। देशका अन्य भागमा पनि यस किसमका लाउन्ज भएमा यातायात व्यवसाय नै थप व्यवस्थित बन्दै जानेछ। चन्द्रागिरीका अन्य क्षेत्रमा समेत यसको विस्तार गर्नका लागि नगरपालिकाले समेत सहयोग गर्नेछ।’
यस्तै ट्राफिक प्रहरी महाशाखाका प्रहरीउपरीक्षक (एसपी) अवदेश विष्ट क्षेत्रीले यस किसिमको लाउन्जले यात्रुलाई सहज बनाउनेमात्र नभएर सडक सुरक्षामा समेत ठूलो भूमिका हुने बताए। पछिल्ला दिनमा फुटपाथमा हिँड्ने र बस्ने व्यक्तिहरु नै दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिहरुको उदाहरण दिँदै उनले यात्रुको सुरक्षामा समेत लाउन्जको ठूलो भूमिका हुने बताए।
चन्द्रागिरी नगरपालिका वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुइटेलले यात्रुलाई सहज हुने किसिमका लाउन्ज निर्माण, सञ्चालन र विस्तारका लागि वडा कार्यलय सहयोग गर्न प्रतिबद्ध रहेको बताए।
यस्तै बससेवा डटकमका सीईओ पीआर खनालले भने, ‘हामीले सुरुदेखि नै आम यात्रुहरुलाई सहज हुने खालका सेवा प्रदान गर्दै आएका छौँ। यात्रुहरुलाई सामान राख्ने ठाउँ नहुने, सडक किनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यता थियो। एकातिर सामानको सुरक्षा नहुने, धुलोले शरिरमा असर पार्ने, लामो समय गाडी कुर्नुपर्दाको झन्झटलाई मध्यनजर गर्दै हामीले यो लाउञ्जको व्यवस्था गरेका हौँ। यस लाउन्जले यात्रुहरुलाई सहज बनाउनेछ भन्ने हामीले विश्वास लिएका छौँ।’
बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट बिक्री गर्ने माध्यम हो। बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन्। बससेवाबाट नेपालका अधिकांश रुटहरुका टिकट काट्न सकिन्छ। यात्रुहरुले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट काट्न सक्नेछन्। यात्रुहरुले बससेवाको मोबाइलमार्फत टिकट काटी इसेवा, खल्ती, आइएमईपेलगायतका वालेटका साथै हरेक बैंकका मोबाइल बैंकिङमार्फत समेत टिकट काट्न सकिनेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19