काठमाण्डौ । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दसैंको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दसैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । साथै दसैंमा गएका यात्रुहरूले र्फकनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् ।

बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम तथा बससेवाको मोबाइल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् ।

यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले बताए ।

उनका अनुसार बिगतका वर्षहरुका तुलनामा यस वर्ष सिट संख्या धेरै रेहेको छ । बससेवामार्फत अहिले दैनिक ४० हजारभन्दा धेरै टिकट बुकिङ गर्न सकिनेछ ।यात्रुहरुले बससेवा डटकम तथा बससेवाको मोबाईल एप्स् मार्फत सहजै टिकट काट्न सक्नेछन् । बससेवाले बससेवा मार्फत टिकट काट्ने यात्रुहरुमध्ये हरेक दिन ५ जनालाई शतप्रतिशत क्यासब्याक अफर समेत सार्बजनिक गरेको छ ।

बससेवाले पछिल्लो समय पृथ्वी यातायातसँग समेत सहकार्य गरेको छ । योसँगै पोखराबाट काठमाण्डौ मात्र नभएर नेपालका कुनैपनि शहरको टिकट अनलाइनबाटै काट्न सकिनेछ । बससेवाले पछिल्लो समय यात्रुहरुलाई सडकमा कुर्न झञ्झट नहोस् भन्ने उदेश्यले राजधानीको कलंकीमा प्यासेन्जर लाउञ्जको समेत व्यवस्था गरेको छ ।

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट बिक्री गर्ने माध्यम हो । बससेवामा करिब ३०० वटा यातायात समिति तथा कम्पनी आबद्ध छन् ।