काठमाण्डौ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाईल्स प्रालिले आइतवार काठमाण्डौको टेकुस्थित शोरुमबाट पहिलो बम्पर बिजेता घोषणा गरेको छ । 

धरान निवासी राजु रिजालले धरानस्थित नवदुर्गा अटो प्यालेसबाट  Access 125 cc BS6 खरिद गरेका थिए । यस योजना लागू भएदेखि प्रत्येक १५ दिनमा नेपाल अधिराज्य भरिको खरिदकर्तालाई समावेश गरी गरेको लक्की ड्रमार्फत राजु रिजाल पहिलो बिजेता बन्न सफल भएका छन् । 
उनले पहिलो  बम्परमार्फत १० ग्राम सुनको सिक्का जितेका हुन् । 

यस चाडमा सुजुकीले ल्याएको बाडौं खुशी चडौं सुजुकी स्किम अन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार  रुपैयाँ पक्का छुट वा कुनै पनि सुजुकी ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार रुपैयाँ  तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्राहकले १० हजार रुपैयाँ थप मुल्याङ्गकन प्राप्त गर्न सक्नेछन् ।

यो स्किम अन्तर्गत  हरेक १५ दिनमा लक्की ड्रमार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने कुरा समेत कम्पनीले जनाएको छ ।