काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारका क्रममा काठमाण्डौ शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा आज शुक्रबारदेखि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। 

उक्त एक्सटेन्स काउन्टरको बैंकका तर्फबाट अध्यक्ष सुदीप आचार्य र क्याम्पसका तर्फबाट प्राडा घमानसिंह खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन्। अब यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर विस्तारित शाखाबाट नै भुक्तानी गर्न सक्नेछन्। साथै कामना सेवाका अन्य ग्राहकले पनि यस एक्सटेन्सन काउन्टरबाट बैंकिङ कारोबार गर्न सक्नेछन्।

सार्वजनिक बिदाबाहेकका दिनहरुमा ग्राहकले यो काउन्टरबाट बिहान ७:३० बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार गर्न सक्ने बैंकले जनाएको छ।