गोरखा । रोचक बन्दै गएको गोरखामा डा. बाबुराम भट्टराईले अग्रतालाई बढाउँदै लगेका छन् । 

पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसको समर्थन समेत पाएका नयाँशक्ति पार्टीका संयोजक डा. भट्टराईले ७ हजार ५ सय २० मत ल्याएका छन् । उनलाई बाम गठबन्धनको तर्फबाट माओवादी उम्मेद्वार नारायणकाजी श्रेष्ठले ६ हजार ३ सय ४ मतले पछ्याइरहेका छन् । यसरी डा. भट्टराईले श्रेष्ठर्ला १२१६ मतले पछाडि पारेका छन् ।