काठमाण्डौ । बहुप्रतिक्षित र चर्चित गोरखा–२ मा नयाँ शक्तिका उम्मेदवार बाबुराम भट्टराईले मत अग्रतालाई बढाउँदै लगेका छन् । 

कांग्रेस समर्थनमा प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका डा. भट्टराईले १२ हजार ७ सय ४० मत गन्दा ६५३४ मत ल्याएका छन् । उनलाई बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार नारायणकाजी श्रेष्ठले ५३९९ मतसहित पछ्याइरहेका छन् । 

यसरी हेर्दा बाबुरामले ११३५ मतको अन्तरले अग्रता लिइरहेका देखिएको छ । यो क्षेत्रमा सुरुवातदेखि नै निकै रोचक प्रतिस्पर्धा भइरहेको छ ।