काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो ८८ औँ शाखा बाराको सिम्रौनगढ नगरपालिकामा विस्तार गरेको छ।
नयाँ शाखाको उद्घाटन सिम्रौनगढका मेयर विजयशंकर यादव र प्रबन्धक सुशीलकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए। सिम्रौनगढ शाखाले ग्राहकलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता लाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्णरुपमा पूरा गर्ने बैंकिङ सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ।
नेपाल इन्भेष्टमेण्ट बैंकले ८७ शाखा, १३० एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरबाट आफ्ना ग्राहकलाई सेवा पुर्याइरहेको छ । पाँचपटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ।
यसबाहेक इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19