काठमाण्डौ । सुन्धारा सेक्युरिटिज सर्भिस (ब्रोकर नं. ५२)ले बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकामा शाखा विस्तार गरेको छ।
जिल्लामै पहिलो ब्रोकर सेवा केन्द्रका रुपमा जितपुर सिमरा–२ सिमरा एयरपोर्ट रोडको त्रिपाठी सदनमा शाखा विस्तार गरिएको सुन्धारा सेक्युरिटिजले जनाएको छ।
उक्त शाखाबाट सुन्धारा सेक्युरिटिका केन्द्रीय अध्यक्ष बद्री गोविन्द श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत फणिन्द्र ढकाललगायतको उपस्थितमा सेवा सुरु गरिएको थियो।
करिब ६ महिना पहिलेबाट नै सेवा प्रवाह गर्ने सोच र दृढ़ संकल्पका साथ त्यहाँ शाखा सञ्चालनमा ल्याइएको सुन्धारा सेक्युरिटिजले जनाएको छ। यो शाखाबाट स्थानीयलाई सेयर खरिदबिक्री तथा निक्षेप सदस्य सेवा लिन सहज हुने कम्पनीको विश्वास छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago