काठमाण्डौ । गत वर्ष कोका–कोलाले दसैंँको अवसरमा धन्यवाद थिमको एक्टिभेसन सञ्चालन गरेको थियो। 

विश्वव्यापी कोरोना महामारीको समयमा दिन–रात नभनी फ्रन्ट लाइनमा बसेर सेवा गर्ने सेवाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्न उक्त एक्टिभेसन सन्चालन गरिएको थियो। 

एक्टिभेसन अन्तर्गत विभिन्न एनजिओ र अस्पतालहरुमा कार्यरत ८,००० भन्दा बढी सेवाकर्मीहरुलाई कोका–कोलाको तर्फबाट धन्यवाद बक्स प्रदान गरिएको थियो, जसमा उनीहरु प्रत्यकको नाम लेखिएको कोका–कोला बोतल र ग्लासहरु समावेश थियो।