काठमाण्डौ । ई–कमर्स प्लेटफर्म बिजबजारले बडादसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठलगायतका महान् चाडहरुलाई दृष्टिगत गर्दै ‘बिजबजार भव्य उत्सव’ नामक योजना ल्याएको छ।

चाडपर्वमा सेवाग्राहीले अफरहरुलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरुका मागअनुसार नै यो योजनालाई बजारमा ल्याएको र यो योजना असोज १० गते घटस्थापनादेखि कात्तिक १३ गते सम्म सञ्चालनमा रहने कुरा बिजबजारले जनाएको छ।

योपटक कम्पनीले नेपाली ब्रान्डलाई पनि प्राथमिकतामा राखेको छ। जसमा ‘हामी नेपाली’ भन्ने योजनाअन्तर्गत ग्राहकले प्रत्येक नेपाली सामानको खरिदमा उपहार पनि पाउनेछन्। नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई प्रोत्साहन गर्न कम्पनीले यो योजना सार्वजनिक गरेको बताएको छ।

यो अफरअन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७८ प्रतिशतसम्म छुटसहित विविध रोमाञ्चक र आकर्षक योजना तथा उपहार एवं बम्पर उपहारसमेत प्राप्त गर्न सक्नेछन्। कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ। जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका प्राप्त गर्नेछन्। यस योजनाअन्तर्गत कम्पनीले तीन भाग्यशाली ग्राहकका लागि मेगा बम्पर उपहारको पनि व्यवस्था गरेको छ।  जसमा पहिलो उपहार मी ६५ इन्च अल्ट्रा ४के टीभी र मी साउन्ट बार, दोस्रोमा रियलमी ९प्रो + ५जी र तेस्रो उपहारमा सामसुङ सिंगल डोर रेफ्रिजेरेट १९२एल रहेका छन्।  

यसका साथै काठमाण्डौ उपत्यकाका ग्राहकका लागि घटस्थापनादेखि असोज २३ गतेसम्म निःशुल्क होम डेलिभरीको सुविधासमेत रहेको कम्पनीले जनाएको छ। 

कम्पनीले दसैँमा दस कोसेलीअन्तर्गत ‘गेस द कोसेली’ भन्ने अफर पनि सँगै ल्याएको छ। कम्पनीका अनुसार यसमा सहभागी हुनका लागि सुरुमा कम्पनीको आधिकारिक फेसबुक र इन्स्टाग्राममध्ये कुनै एकमा जानुपर्ने हुन्छ। त्यहाँ कम्पनीले सामानका बारेमा केही जानकारी दिएर अब त्यो सामान चिन्नुहोस् भन्ने आशय प्रस्तुत गर्दछ। 

ग्राहकले कम्पनीको वेबसाइटमा गएर त्यो सामान चिनेर त्यसको स्क्रिनसट सो प्रश्नको कमेन्ट बक्समा सेन्ट गर्नुपर्ने हुन्छ। उत्तर मिलाउनेमध्ये एकजनालाई कम्पनीले सोही सामान उपहारस्वरूप दिनेछ।

यो योजनामा रहेका अफरहरु निम्नानुसार छन्ः

१. TECH मास्टर: UP TO 78% OFF (Computers & Gadgets)
२. GORGEOUS: UP TO 73% OFF (Health & Beauty)
३. GHARKO LOOK: UP TO 73% OFF (Home Decor)
४ .The E-zone: UP TO 50% OFF (Electronics & Accessories)
५. SMART घर: UP TO 50% OFF (Home Appliances)
६. FESTIVE MOOD: UP TO 50% OFF
७. SHOEPRISE: UP TO 33% OFF (Footwear)
८. Kids Special: UP TO 70% OFF (Baby Products )
९. TIME 4 AABHUSAN: UP TO 70% OFF (Jewelry)
१०. UTSAVKO TAYARI: UP TO 69% OFF (Miscellaneous)
११. DAINIK ESSENTIALS: UP TO 54% OFF (Daily Essentials)
१२. PAWSIBILITIES: UP TO 50% OFF (Pet Supplies)
१३. CHADWAAD WIHESH: UP TO 50% OFF (Festive & Puja Samagri)
१४. GHARGHARMAA MITHAS:UP TO 10% OFF (Sweets and Confectionary)
१५. HAMI NEPALI: UP TO 5% OFF (Nepali Brands / Products and Complimentary Gift)