काठमाण्डौ । ई–कमर्स प्लेटफर्म बिजबजारले वैशाख २० गतेदेखि प्रत्येक महिनाको २० गते ‘२० मा बिज’ नामक सञ्चालन गर्ने क्याम्पेनअन्तर्गतको वैशाख महिनाको क्याम्पेन मंगलबार राती १२ बजेबाट लाइभ भएको छ।
यस क्याम्पेनमा सेवाग्राहीले प्रत्येक महिनाको २० गते बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानमा मात्र न्यूनतम २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यसका साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्नेमध्ये लक्कीड्रमार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्राहीले विभिन्न २० प्रकारका उपहार (१ उपहार प्रतिसेवाग्राही) प्राप्त गर्नेछन्।
त्यसैगरी यस क्याम्पेनअन्तर्गत प्रत्येक महिनाको २० गते बेलुका ८ बजेदेखि ८ बजेर २० मिनेटसम्म (२० मिनेट) भारी छुटसहितका रहस्यमय सामानको फ्ल्यास सेल पनि सञ्चालन हुनेछ।
साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ। यसका साथै यही वैशाख ३१ सम्म सेवाग्राहीलाई बिजबजारले सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुटसमेत प्रदान गरिरहेको छ।
एन्ड्रोइड फोन प्रयोगकर्ताले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार अनलाइन सपिङ एप’ डाउनलोड गर्न सक्नेछन्। यदि ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहना छ भने सीधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19