काठमाण्डौ । नेपालका साना तथा मझौला उद्यम लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यसहित सञ्चालनमा रहेको बिजबजार अनलाइन सपिङ एपले मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनलाई लक्षित गरेर गजबको डिस्काउन्ट अफर ल्याएको छ।

आफ्ना सन्तानको हरेक उपलब्धिमा गर्व गर्ने, साथ दिने अनि स–साना खुसीको ख्याल राख्ने आमाहरुको सम्मानस्वरूप मनाइने यो शुभ दिनका अवसरमा बिजबजारले आमाहरुका लागि उपहार किन्दा भारी छुट उपलब्ध गराउने उद्देश्यले अफर ल्याएको हो। 

व्यस्तता तथा अन्य विभिन्न कारणले सो महत्वपूर्ण दिनमा आफ्नी आमालाई मायाका साथ उपहार प्रदान गर्न असमर्थ देश तथा विदेशमा बस्ने सेवाग्राहीले बिजबजारमार्फत आफूले चाहेको ठेगानामा डेलिभरीसमेत गराउन सक्नेछन्। यसका साथै २०७९ वैशाख ३१ सम्म सेवाग्राहीले बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुटसमेत पाउनेछन्।

यो अवसरमा बिजबजारबाट विभिन्न आकर्षक उपहार खरिद गर्दा मूल्यमा गज्जबको अफर प्राप्त गर्न सकिनेछ। आमाहरुको मुहारमा मुस्कान ल्याउनका लागि बिजबजारमार्फत उपहारहरु खरिद गरी गज्जबको छुटलाई सदुपयोग गरी खुसीका साथ मातातीर्थ औँसी मनाउन कम्पनीले आग्रह गरेको छ।