काठमाण्डौ । ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले चाडपर्वलक्षित अफर सार्वजनिक गरेको छ। 

बडादसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठलगायतका महान चाडपवलाई दृष्टिगत गर्दै बिजबजारले ‘बिजबजार भव्य उत्सव’ नामक योजना ल्याएको हो। चाडपर्वमा सेवाग्राहीले अफरहरुलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरुका मागअनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले जनाएको छ। 

यो अफरअन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७० प्रतिशतसम्म छुटसहित विविध रोमाञ्चक र आकर्षक योजना तथा उपहार एवं बम्पर उपहारसमेत प्राप्त गर्न सक्नेछन्।

कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ। जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका प्राप्त गर्नेछन्। योजनाअन्तर्गतका विभिन्न अफरको विस्तृत जानकारी बिजबजारले क्रमशः रुपमा आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित गर्ने हुँदा सेवाग्राहीले सोमार्फत आवश्यक जानकारी प्राप्त गर्न सक्ने बिजबजारले जनाएको छ। 

यो योजनाका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्त लागू हुने कम्पनीले जनाएको छ।