काठमाण्डौ । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) र इन्स्योरेन्स इन्स्टिच्युट नेपाल (आईआईएन)बीच सहकार्य गर्ने समझदारी भएको छ। 

दुवै निकायबीच आज सहकार्यसम्बन्धी समझदारी भएको हो। समझदारीपत्रमा बिफिनका प्रबन्ध निर्देशक विनोद आत्रेय र आईआईएनका सीईओ सुशीलदेव सुवेदीले हस्ताक्षर गरेका छन्। 

यो समझदारीको मुख्य उद्देश्य तालिम, शिक्षा र सीप विकासमा दुवै निकायले सहकार्य गर्ने रहेको छ। 

यस किसिमको सहकार्यले नेपालको वित्तीय क्षेत्रमा सीप र क्षमताको उल्लेख्य अभिवृद्धि हुने दुवै निकायले विश्वास गरेका छन्।