 
                     
                                
                             
                                    काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) का ग्राहकले ’खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सीधै बैंकबाट भुक्तानी सुविधाका साथमा १०० रुपैयाँ बोनस पाउने भएका छन्। लिंक १ मिनेटभन्दा कम समयमा गर्न सकिनेछ।
बीओकेका ग्राहकले बैंकको खातालाई एउटा मोबाइल नम्बरबाट पहिलोपटक लिंक गर्नासाथ तुरुन्तै १०० रुपैयाँ नगद खातामा प्राप्त गर्ने छन्। यसरी खातामा लिंक गर्दा एकपटकमात्र बोनस सुविधा पाइनेछ। बैंक खाता लिंक गर्न ग्राहकले मोबाइल बैंकिङ सुविधा भने लिएको हुनुपर्छ।
बीओकेमा रहेको खाता जोडेपछि खल्ती वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा सीधै बैंक खाताबाट नगद भुक्तानी गर्न सकिन्छ। बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमा नगद लोड गर्ने झन्झट गरिरहनु पर्दैन।
खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो। जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी सहज साथै सरल गर्नु हो।
खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्नेजस्ता धेरै सेवा लिन सकिन्छ। साथै, भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत पनि सकिन्छ।
खल्तीका प्रयोगकर्ताको संख्या १३ लाखभन्दा बढी छन्। खल्ती एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र खल्ती डटकमबाट डाउनलोड गरी उपलब्ध सबै सेवाको अनलाइन भुक्तानी गर्न सकिन्छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19