काठमाण्डौ । बीवाईडी फर्च्युन ग्लोबल ५०० लिस्ट फर २०२२’ मा पर्न सफल भएको छ। 

बीवाईडीले वातावरणप्रति मजबुत प्रतिबद्घताका साथै राम्रो र दिगो भविष्यका लागि कदम चाल्दैछ। सन् २०२१ मा बीवाईडीले ७ लाख ३० हजार ९३ प्यासेन्जर गाडीको बिक्री गरेको छ। जसमध्ये ५ लाख ९३ हजार ७४५ न्यू एनर्जी प्यासेन्जर गाडी हो भने सोको इयर टु इयर वृद्धि प्रतिशत रहेको छ। 

सन् २०२२ को पहिलो ६ महिनामा बीवाईडीले ६ लाख ३८ हजार १५७ न्यू एनर्जी प्यासेन्जर गाडीको बिक्री गरेको छ। जसको इयर टु इयर वृद्धि ३२४.८ प्रतिशत रहेको छ। बीवाईडीको न्यू एनर्जी गाडीले आफ्नो छाप ४०० भन्दा बढी सहरहरुमा छोडिसकेको छ। जुन ७० देश र ६ महादेशमा पर्दछन्।

आजको दिनमा कार्बन उत्सर्जनको कमी र न्यू एनर्जीको विकास नै बीवाईडीको प्राथमिकता रहेको छ। अन्तर्राष्ट्रिय हाई—टेक कम्पनी भएको नाताले बीवाईडीले विश्वभर नै न्यू एनर्जी समाधानहरु प्रदान गर्नुपर्ने देखिन्छ। 

ग्लोबल ५०० लाई ध्यानमा राख्दै बीवाईडीले प्राविधिक आविष्कारहरु सिर्जना गर्ने प्रतिबद्धता गरेको छ। यसका साथै दिगो विकास र उन्नतिको कामना गर्दै बीवाईडीले कुल द अर्थ बाई १ प्रतिशतको पनि पहल गर्ने निर्णय गरेको छ।