काठमाण्डौ । बुद्ध एयर प्रालिले फेरि नयाँ जहाज भित्र्याएको छ। कम्पनीले नाइनएन एओसी कलसाइन रहेको एटीआर-७२ जहाज शुक्रबार ल्याएको हो ।

कम्पनीले नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याएर आगामी एक महिनाभित्रमा उडान सेवा शुरु गर्ने बताएको छ ।योसँगै कम्पनीसँग अब जहाजको संख्या १ पुगेको छ। जसमा १ वटा एटीआर–७२ र तीन वटा एटीआर–४२ छन् ।

हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप नयाँ जहाज थपिएको कम्पनीले जनाएको छ।

कम्पनीका बजार निर्देशक रुपेश जोशीले भने, ‘उडान संख्या उल्लेख्य बृद्धि भएसँगै यात्रुहरूले आफ्नो समय अनुकूल उडान गर्न सक्नेछन् ।

कम्पनीले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान  गर्दै आएको छ भने अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान गरिरहेको छ ।