काठमाण्डौ । केटीएम इन्टरनेसलन ट्रेडिङ प्रालि बेनेली मोटरसाइकलको नेपालको लागि एकमात्र आधिकारिक बिक्रेता हो। इटालीमा निर्मित विश्वभरिमा बढी बिक्री हुने मोटरसाइकलले नयाँ वर्ष २०८० को अवसरमा ‘नयाँ सफर दमदार अफर’ ल्याएको छ। यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुनेछ।

यस अफरमा ग्राहकले रु. ६० हजारसम्म छुट पाउन सक्छन्। जसमा नगद छुट, बेनेली ब्रान्डको हेल्मेट, आर्थिक वर्ष २०८०–८१ को रोड ट्याक्स सहुलियत तथा अन्य आकर्षक उपहारहरु हुनेछन्।

यस अफरबाट तीनवटा फाइदा लिन सकिनेछ– रु. ३५ नगद छुट, रु. १२ रकमबराबरको बेनेलीको हेल्मेट, आर्थिक वर्ष २०८०–८१को रोड ट्याक्स सहुलियत (सरकारी नियमानुसार) तथा आकर्षक उपहारहरु।

बेनेली नेपालले निम्न मोडलका मोटरसाइकलहरु उपलब्ध गराउँदै आएको छ–

  • टीएनटी१५– कम्प्युटरबाट चेक गर्न सकिने र सुलभ मूल्यमा उपलब्ध छ।
  • टीएनटी१५०आई– राम्रो बनावट, आकर्षक लुक्स, डाउन फोक्र्स र इएफआई सिस्टम उपलब्ध छ।
  • १८०एस – आरामदायी मोडलमा उपलब्ध छ।
  • टीआरके२५१– ग्राहकको रोजाइअनुसार मनोरञ्जन र साहासिक यात्राको लागि उपयुक्त छ।
  • ३०२एस – यसमा विशेष डिजाइनसहित दुईवटा इञ्जिनले युक्त छ।
  • टीएनटी६००आई – यो मोटरसाइकल चार सिलिन्डरले युक्त छ।
  • ७२५एस– यसमा बढी पावरयुक्त इञ्जिनको क्षमता छ।
  •