काठमाण्डौ । नेपालका बैंकिङ क्षेत्रका प्रतिष्ठित व्यक्तित्व डाक्टर विनोद आत्रेय भिक्टोरिया यूनिभर्सिटी अलुम्नाइ अवार्डस – लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट बिहीबार सम्मानित भएका छन् ।
अस्ट्रेलियास्थित भिक्टोरिया यूनिभर्सिटीबाट अध्ययन पूरा गरि विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाएका व्यक्तिहरूका लागि प्रदान गरिने अलुम्नाइ अवार्डस – लाइफटाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिन्छ ।
उक्त अवार्डमा २३ जनाको मनोनयन भएकोमा आत्रेय पहिलो स्थानमा पर्न सफल भएका थिए । उनी बैकिङ, फाइनन्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बेफिन) का प्रबन्ध निर्देशक समेत हुन् ।
उनको नेतृत्वमा बेफिन वाणिज्य बैंक, विकास बैंक र लघु-क्रेडिट संस्थाहरू लगायत विभिन्न वित्तीय संस्थाहरूको समर्थनमा वित्तीय क्षेत्रभित्र क्षमता विकास गर्ने एक प्रमुख संस्थाको रूपमा प्रतिष्ठित छ ।
बेफिनमा आफ्नो भूमिका सुरू गर्नुभन्दा पहिले उनले इमर्जिङ नेपाल लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत थिए । उनले बीमा तथा वित्तीय क्षेत्रका धेरै कम्पनीमा समेत उच्च तहका पदहरू पनि सम्हालिसकेका छन् ।
बैकिङ क्षेत्रमा ३० वर्षभन्दा लामो अनुभव बटुलेका आत्रेयले नेपाल राष्ट्र बैंकमा कार्यरत रहँदा बैंकिङ तथा वित्त नियमन, कर्पोरेट योजना र वित्तीय समावेशीकरणमा दख्खल राखेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago