काठमाण्डौ । चाडबाडको बेला किनमेलको चटारो परिरहेका बेला ‘बेलाको’ कम्पनीले उपभोक्तालाई उपहारको झटारो हानेको छ ।

हरेक सामानको खरिदमा हात खाली नजाने उपहारसँगै एकजना भाग्यमानी विजेताले २५८ लिटरको रेफ्रिजेनेटर प्राप्त गर्ने छन् ।यस्तै प्रत्येक सामग्री खरिदमा १० प्रतिशत छुट गरिएको छ भने स्क्याच कुपनमा १ हजार रुपैयाँसम्म क्यास ब्याक राखिएको कम्पनीले जनाएको छ ।

बेलाको सामाग्री उपयोगले घर सजाउने, भान्सा मगमगाउने र चाडबाड रंगीन बनाउने कम्पनीले दाबी गरेको छ ।

लोकप्रिय कलाकार प्रदीप खड्का ब्राण्ड एम्बेसडर रहेको बेलाको कम्पनीले रेफ्रिजेनेटर, वासिङ मेसिन, स्मार्ट टेलिभिजन, स्मार्ट एसी, ग्यास स्टोप, राइस कुकर, आइरन, इलेक्ट्रिक कित्ली, हिटर, बहुउपयोगी ब्लान्डरलगायत गृह उपकरण नेपाली बजारमा ल्याएको छ ।