काठमाण्डौ । पोर्चुुगलका विदेशमन्त्री अगस्टो सान्तोस सिल्भाले यो ग्रीष्मकालीन मौसममा बेलायतबाट पोर्चुुगल घुुम्न आउने सोच बनाएका जोकोहीलाई कोरोना महामारीका बीच स्वागत गरिने बताएका छन्। 

सिल्भाले पर्यटकलाई सामुुद्रिक किनारहरुमा कति भीडभाड छ भन्नेबारे जानकारी प्रदान गरिने पनि बताए। ‘ता कि पर्यटकहरु भीडभाड भएका स्थानहरु जानबाट बच्न सकुुन्’, उनले भने। 

सिल्भाले बेलायत र पोर्चुुगलबीच “एयर ब्रिज एग्रिमेन्ट” मा यही वर्षको जुुन महिनासम्ममा सहमति बन्न सक्ने जानकारीसमेत दिए। पोर्चुुगलमा बिदा मनाउने आउने पर्यटकले १४ दिनको अनिवार्य क्वारेन्टाइनमा बस्नुुपर्ने छ। “ट्राभल क्वारेन्टाइन पर्यटन उद्योगका लागि शत्रुु समान हो तर हामी बेलायत प्रवेश गर्ने सबैले क्वारेन्टाइनमा बस्नुुपर्ने निर्णयको सम्मान गर्दछौँ”, सिल्भाले भने। 

सिल्भाले यस्ता नियमले पर्यटकलाई सुुरक्षित भएर बिदा मनाउन सक्ने वातावरण सिर्जना गर्ने बताए। यो ग्रीष्म मौसममा पोर्चुुगलका रिसोर्टहरुमा रात्रि जीवन धेरै नै सीमित हुुने र मानिसहरुलाई राति समूहमा हिँड्न अनुुमति नदिइने उनले बताए। 

सिल्भाका अनुुसार पोर्चुुगलको पर्यटन बोर्डले तोकेको मापडण्ड पूरा गरेका होटल र अपार्टमेन्टहरुलाई “क्लिन एन्ड सेफ” भनेर प्रमाणित चिह्न प्रदान गरिनेछ। बेलायत सरकारले भविष्यमा बेलायत र कोरोना संक्रमण कम देखिएका राष्ट्रहरुबीच “एयर ब्रिज” को सम्भावना हुुन सक्ने जनाएको छ। 

पोर्चुुगल सरकारले यस विषयमा बेलायत सरकारसँग छलफल गरिरहेको जनाएको छ। – एजेन्सी