काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुमा जागिरको अवसर खुल्ने क्रम जारी छ ।
नेपाल राष्टबैंकले गाउँ गाउँमा बैंक पुर्याउने नीति लिएसँगै बैंक तथा बित्तीय संस्थाहरुले आफ्नो सेवा तीव्र गतिमा बिस्तार गरिरहेका छन् । यो क्रममा दिनहुँजसो नयाँ शाखाहरु समेत खुल्ने क्रम समेत उस्तै छ ।
नयाँ नयाँ शाखा खुलेसँगै त्यहाँ निकै ठूलो संख्यामा जनशक्ति आवश्यकता पर्छ । यसैलाई सम्बोधन गर्ने गरी बैंक तथा बित्तीय संस्था दिनहुँजसो जागिरका बग्रेल्ती अवसर खुलाइरहेका हुन् ।
पछिल्लो समय सरकारले अनिवार्य बिमाको नीति लिएपछि बिमा कम्पनीहरु समेत आफ्नो व्यवसाय बिस्तारमा आक्रामक बन्न थालेका छन् । यो क्रममा उनीहरु समेत शाखा बिस्तारमा जुटेका छन् भने भइरहेको जनशक्तिको आकारलाई समेत ठूलो बनाई प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल बनाउने दौडमा होमिएका छन् । यहीकारण बिमा समितिले समेत जागिरका अवसर खुलाउन थालेका छन् ।
अर्कोतर्फ, पछिल्लो समय सर्वसाधारणको सेयरमा लगानीप्रति आकर्षण बढेको छ । सेयरमा लगानी गर्नेहरु बढेसँगै वाणिज्य बैंकहरुले सहायक कम्पनीको रुपमा मर्चेन्ट बैंकहरु स्थापना गरेका छन् । मर्चेन्ट बैंकहरुबीच समेत कसले गुणस्तरीय सेवा दिने भन्ने राम्रै प्रतिस्पर्धा देखिन्छ । यहीकारण, मर्चेन्ट बैंकहरुले समेत पछिल्लो समय जनशक्ति माग गर्न थालेका छन् । यसले मर्चेन्ट बैंकमा काम गर्न चाहनेहरुका लागि समेत बग्रेल्ती अवसरहरु खुल्दै गएको छ ।
आज हामी बुधबार मात्र बैंक तथा बित्तीय संस्था र बिमा कम्पनीले खुलाएका जागिरको अवसरको बिषयमा जानकारी दिइरहेका छौ ।
बजार र व्यवसाय बिस्तारमा आक्रामक बन्दै गएको एनआइसी एशिया बैंकले काठमाण्डौभित्र र बाहिरका शाखामा काम गर्ने गरी शाखा प्रबन्धकको पदमा दर्जन बढी मागेको छ । बैंकले प्रकाशन गरेको सूचना यस्तो छः
एनआइसी एशिया बैंकको सहायक कम्पनी एनआइसी एशिया क्यापिटलले समेत जागिरको अवसर खुलाएको छ । क्यापिटलले एक मार्केटिंग म्यानेजर, २ जना मार्केटिंग असिस्टेन्ट र एकजना डिपी सुपरभाइजर मागेको छ । सूचना यस्तो छः
यो दिन क्षेत्रीय स्तरको कञ्चन डेभलपमेन्ट बैंकले विभिन्न पदमा दर्जनौ कर्मचारी मागेको छ । डेपुटी सीइओदेखि सिनियर म्यानेजर, म्यानेजर, जुनियर अफिसर, म्यानेजमेन्ट टेनी र सिनियर असिस्टेन्ट र असिस्टेन्ट पदमा कर्मचारी मागेको हो । बैंकको सूचना यस्तो छः
उता, सिन्धु विकास बैंकले पनि ब्राञ्च म्यानेजरदेखिका विभिन्न पदमा दर्जनौ जनशक्ति मागेको छ । बैंकले प्रकाशन गरेको सूचना यस्तो छः
केही समयअघिदेखि सेवा संचालनमा ल्याएको सानिमा इन्स्योरेन्सले तीन पदमा दर्जनौ कर्मचारी मागेको छ । ब्राञ्च म्यानेजरदेखि अफिसर हुँदै असिस्टेन्टसम्मको पदमा कर्मचारी मागेको हो । कम्पनीको सूचना यस्तो छः
गुराँस लाइफ इन्स्योरेन्सले काठमाण्डौस्थित आफ्नो हेड अफिस र उपत्यका बाहिरका शाखाहरुमा काम गर्ने गरी १२ जना मार्केटिङ पर्सनल मागेको छ । कम्पनीको सूचना यस्तो छः
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago