काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका शाखा प्रबन्धक नवीनबहादुर श्रेष्ठको अध्यक्षतामा बैंकर्स क्लब तौलिहवाको नयाँ कार्यसमिति चयन भएका छ।
कपिलवस्तु नगरपालिकाको तौलिहवास्थित बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत शाखा प्रबन्धकहरुको साझा समूह फोरम बैंकर्स क्लब तौलिहवाको आज नयाँ कार्यसमिति चयन भएको हो।
समितिको उपाध्यक्षमा श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सका राजीव श्रीवास्तव, सचिवमा ग्लोबल आइएमई बैंकका प्रकाश आचार्य र कोषाध्यक्षमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका अविनाश शुक्ला चयन भएका छन्।
सदस्यहरुमा अर्पण श्रेष्ठ (लक्ष्मी बैंक), देवेन्द्र केसी (माछापुच्छ्रे बैंक), नवीन भुसाल (सिटिजन्स बैंक), किरण घिमिरे (सिद्धार्थ बैंक), सन्दीप सापकोटा (एभरेष्ट बैंक), सुरज गुप्ता कसौधन (एनआईसी एसिया बैंक), रविन्द्र पाण्डे (कृषि विकास बैंक), विकास ज्ञवाली (एनएमबि बैंक), रामप्रित पाल (कामना सेवा विकास बैंक), गोपाल भण्डारी (मेगा बैंक), खिमलाल पुरी (एनसीसी बैंक) सर्वसम्मत चयन चयन भएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago