काठमाण्डौ। इम्याजिन मार्केटिङ लिमिटेड भारतको नम्बर १ वायरलेस हियरेबल ब्रान्ड बोटको दुई मोडेलका स्मार्टवाच र ब्लुटुथ स्पिकर सार्वजनिक भएको  छ। 

बोटका लागि नेपालको आधिकारिक बिक्रेता टेलिटक प्रालिले ‘स्टोन १९०’ नामको ब्लुटुथ स्पिकर तथा ‘स्टोर्म कल’ र ‘वेभ बिट’ मोडेलका स्मार्टवाच ल्याएको हो। यी उपकरण साउन १ देखि दराज लगायत अन्य रिटेल पसलमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

स्टोन १९०

ब्लुटुथ ५.० भर्सन भएको स्टोन १९० स्पिकरले आईपीएक्स ७ रेटिङ पाएको छ। बोक्नलाई कम्फर्ट र हलुका यो स्पिकरमा कम्पनीले ८०० एमएएच ब्याट्री समावेश गरेको छ। यसलाई फूल चार्ज गर्न डेढ घन्टा लाग्नेछ भने एक पटकको चार्जमा ४ घन्टासम्म म्युजिक बजाउन सकिने कम्पनीको दाबी छ।

स्पिकरलाई कन्ट्रोल गर्न विभिन्न ३ बटन उपलब्ध गराइएको छ। जसमा २ वटा बटनले भोलुम अप डाउन र एउटाले म्युजिक प्ले पज गर्छ। ५ वाट रेटेड पावर भएको यो स्पिकरको मूल्य कम्पनीले २६९९ रुपैयाँ तोकेको छ। 

स्टोर्म कल 

कम्पनीले नेपालमा सार्वजनिक गरेको अर्को प्रडक्ट हो, स्टोर्म कल स्मार्टवाच। ब्लुटुथ कलिङ सुविधा भएको यस स्मार्टवाचमा आवश्यकता अनुसार यसैमा नम्बर डायल गरी कल गर्न सकिन्छ। त्यसै फोनमा आएका तथा सामाजिक सञ्जालका नोटिफिकेसन पनि वाचबाटै हेर्न सकिन्छ।

कल हिस्ट्रीमा १० ओटासम्म फोन नम्बर सेभ भएर बस्नेछन्। यो स्मार्टबाचमा १.६९ इन्चको एचडी डिस्प्ले छ भने सो डिस्पले २.५डी कर्भ्ड छ। यसमा मल्टिपल एक्टिभ स्पोर्ट मोड रहेको छ। जसलाई आफू के गरिरहेको छ त्यही मोड सेट गर्न सकिन्छ। 

१५० बढी वाच फेस भएको यो स्मार्टवाचको तौल ४५ ग्राम छ। यसमा ५५० निट्सको ब्राइटनेस रहेको कम्पनीले उल्लेख गरेको छ। त्यस्तै यसमा हर्ट रेट, अक्सिजन लेभल र स्लिप आवर मापन गर्न सुविधा पनि दिइएको छ।

२२० एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टवाचलाई ढाइ घन्टामा फूल चार्ज गर्न सकिन्छ। एक पटकको फुल चार्जमा यो स्मार्टवाचलाई सात दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ। कम्पनीका अनुसार यो स्मार्टवाच एन्ड्रोइड ६.० र आईओएस १३ भन्दा माथिको डिभाइसमा सपोर्ट गर्छ। कम्पनीले स्टोर्म कलको मूल्य ४४९९ रुपैयाँ तोकेको छ। 

वेभ बिट 

बोटले नेपाली बजारमा वेभ बिट स्मार्टवाच पनि सार्वजनिक गरेको छ। यो फिटनेस ट्रयाकर स्मार्टवाच वाच हो। यसमा १.६९ इन्चको एचडी डिस्प्ले रहेको छ। मल्टिपल एक्टिभ स्पोर्ट मोड अन्तर्गत कम्पनीले यसमा वाकिङ, रनिङ, साइकिलिङ, स्किपिङ, ब्याटमिन्टन तथा वास्केटबल मोड राखेको छ। जसलाई आफू के गरिरहेको छ त्यही मोड सेट गर्न सकिन्छ।

१०० बढी वाच फेस भएको यो स्मार्टवाचको तौल ४५ ग्राम रहेको छ। यसमा ५५० निट्सको ब्राइटनेस रहेको कम्पनीले उल्लेख गरेको छ। त्यस्तै यसमा हर्ट रेट, अक्सिजन लेभल र स्लिप आवर मापन गर्न सुविधा पनि दिइएको छ। २२० एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टवाचलाई ढाई घण्टामा फूल चार्ज गर्न सकिन्छ। एकपटकको फुलचार्जमा यो स्मार्टवाचलाई १५ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ। यसले एन्ड्रोइड ६.० र आईओएस १३ भर्सनभन्दा माथिका डिभाइस सपोर्ट गर्ने कम्पनीले बताएको छ। वेभ बिटको मूल्य ३४९९ रुपैयाँ तोकेको छ।

दराजका आकर्षक अफरहरु 

यसका साथै दराजमा अहिले कमिङ सुनमा रहेका नयाँ  प्रडक्टहरु; स्टोन १९० ब्लुटुथ स्पिकर र स्टोर्म कल कल र वेभ बिट स्मार्टवाच साउन१ गते ००ः०० बजेबाट दराजमा सार्वजनिक हुने भएका छन्। नेपालका लागि बोटको आधिकारिक बिक्रेता टेलिटकले सार्वजनिक गर्दै यसका लागि विशेष अफरहरु ल्याएको छ। 

यसअन्तर्गत लाइभ भइसकेपछि पहिलोपटक ती प्रडक्ट खरिद गर्ने ३३ जना सेवाग्राहीलाई स्टोन १९० स्पिकर मात्र रु. १ हजार ९९९, वेभ बिट स्मार्टवाच मात्र रु. २ हजार ९९९ र स्टोर्म कल स्मार्टवाच मात्र रु. ३ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन्। 

त्यस्तै सोमबार दिउसो १२ बजे दजारको लाइभ सेसनमा ‘फास्टेस्ट फिंगर फ्रस्ट’ भन्ने अफर अन्तर्गत छनोट भएका ५ जनाले रु. ३ हजार ४९९ पर्ने वेभ बिट स्मार्टवाच मात्र रु. ३४ मा पाउनेछन्। उक्त अफरमा सहभागी हुनका लागि १२ बजे हुने दराजको लाइभ सेसनमा सहभागी हुने पर्ने छ। 

उक्त लाइभ सेसनमा रु. ३ हजार ४६५ को डिस्काउन्ट भौचरहरु फ्लास हुनेछन् र ग्राहकले उक्त भौचरको प्रयोग गरेर रु. ३ हजार ४९९ पर्ने ‘वेभ बिट’ स्मार्टवाच मात्र रु. ३४ मा खरिद गर्न सक्नेछन्।