काठमाण्डौ । भारतको नम्बर एक वेरेबल ब्रान्ड बोटले नेपाल पोर्टफोलियोमा आफ्नो हियरेबल र वेरेबल क्याटेगोरी तर्फ केही उत्पादनहरु थप गरेको छ। नेपालमा स्मार्टवाच र हियरेबल एक्सेसरिजहरुको बढ्दो मागसँगै सो कम्पनीले उच्च गुणस्तरका उत्पादनहरु सुपथ मूल्यमा उपलब्ध गराएर उपभोक्ताहरुको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ।

boAt Xtend Pro बलियो र सुन्दर ढंगले बनाइएको १.७८ इन्चको AMOLED डिस्प्ले र ३० मिनेटको ASAP फास्ट चार्जिङमा १० दिन टिक्ने ब्याट्रीको साथ आउँछ। Xtend Pro कलिङलाई इन-बिल्ट स्पिकर साथ आउछ। यसमा एक डायल प्याड रहेको छ जसमा तपाइँलाई तपाइँको स्मार्टवाचबाट 10 ओटा सम्पर्कहरूलाई सेभ गर्न र कल गर्न सक्नु हुन्छ। यो स्मार्टवाच उच्चस्तारिय जीवनशैलीका लागि बनाइएको छ र यसमा ७००+ Active मोडहरू रहेका छन्, वास्तविक समयमा हृदय गति ट्र्याकिङ, सटीक SpO2 अनुगमन, र धेरै Watch Face हरू र थिमहरूलाई समर्थन गर्दछ। IP68 डस्ट र वाटर रेसिस्टेन्सको साथ, Xtend Pro धुलो र पानीको छर्राप्रति अत्यधिक प्रतिरोधी रहेको छ।

१.६९ इन्चको एच डि कर्भ डिस्प्ले भएको यस boAt Wave Call मा ब्लुतुथ कल गर्न सकिन्छ। १० दिन सम्मको ब्याट्री ब्याक अप भएको यस स्मार्टवाचमा SpO2 र मुटु को धड़कन पनि ट्र्याक गर्न सकिनुको साथै हाइड्रेसन अलर्ट पनि छ। त्यस्तै यसमा १० जना सम्मको कन्ट्याक्तहरु पनि सेभ गर्न मिल्छ। हरेक पहिरन संग मिल्ने boAt Wave Call १००+ Watch Face को साथ आएको छ।

एक्टिभ नोइज क्यान्सलेसन युक्त Airdopes 411 ANC ले २५ डि बि सम्मको बाहिरको वातावरणीय हल्लाहरुलाई शान्त गर्न सक्छ। 2 ENX इनेबल्ड माइकहरु भएको Airdopes 411 ANC ले क्रिस्टल क्लियर कलिङ एक्स्पिरियन्स प्रदान गर्छ। १७.५ घण्टासम्मको प्लेब्याक टाइम भएको यस डिभाइसमा बोट सिग्नेचर युक्त १०mm को ड्राइभरहरु पनि राखिएको छ। त्यस्तै बोट ए साप चार्ज मार्फत १० मिनेट मात्र चार्ज गर्दा पनि एक घण्टा सम्म चलाऊन सकिन्छ।

त्यस्तै बोट ए साप चार्ज मार्फत १० मिनेट मात्र चार्ज गर्दा पनि एक घण्टा सम्म चलाऊन सकिन्छ।

यी नयाँ स्मार्टवाचहरू बाहेक, नेपालकालागि बोटको नयाँ लाइनअपमा Rockerz 235 V2 ( नेकब्यान्ड), Airdopes 138, Airdopes 141, Airdopes 161 र Airdopes 181 पनि समावेश रहेका छन्। बोट सिग्नेचर साउन्ड सहित उपलब्ध यी उत्पादनहरुको बिल्ड क्वालिटी पनि अत्यन्त उत्कृष्ट त छन नै साथै यिनीहरुको मुल्य पनि सुपथ रहेको छ।

यसको बारेमा बोल्दै टेलीटकका कार्यकारी निर्देशक श्री प्रतिक जलान ज्युले भन्नु भयो “हामीले नेपाली बजारमा बोटका उत्पादनहरुको लागि उच्च माग देखेका छौं। त्यसैले हामीले एक्टिभ नोइज क्यान्सलेसन युक्त हियरेबल एक्सेसरिज र ब्लुटथ कलिङ युक्त बोट स्मार्टवाचहरु नेपालमा ल्याएका छौं। अहिले बजारमा सबै भन्दा लोकप्रिय ब्रान्ड नै बोट रहेको छ र हामीलाई आशा छ यी नयाँ उत्पादनहरुले पक्कै पनि बजारमा एउटा नयाँ माइल्स्टोनहरु सेट गर्नेछन्।

बोटको नयाँ उत्पादन हियरेबल र वेरेबलहरु नेपालभरका सबै रिटेल स्टोरहरूमा उपलब्ध रहेका छन् र यसको मूल्य यस प्रकार रहेका छन्-

  • BoAt Xtend Pro: MRP 7,499/-
  • BoAt Wave कल: MRP 4,999/-
  • Airdopes 411 ANC: MRP 5,299/-
  • Rockerz 235 V2 (Neckband): MRP 2,599/-
  • Airdopes 138: MRP 2,999/-
  • Airdopes 141: MRP 2,999/-
  • Airdopes 161: MRP 2,899/-
  • Airdopes 181: MRP 3,099/-