काठमाण्डौ । बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) दुवैले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।
समीक्षा अवधिमा बोटलर्स नेपालले ३५ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड २२ लाख २० हजार रुपैयाँ घाटा व्यहोरेको थियो।
यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा सञ्चालन आम्दानी ३ अर्ब ६० करोड रुपैयाँ थियो।
चुक्तापुँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। गत वर्ष रिजर्भमा ३ अर्ब ४० करोड रुपैयाँ रहेको थियो।
कम्पनी वार्षिकीकृत ईपीएस ३३९ रुपैयाँ कायम भएको छ। गत वर्ष ईपीएस १५ रुपैयाँले ऋणात्मक थियो।
यसैगरी समीक्षा अवधिमा बोटलर्स नेपाल (तराई) ले ३० करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा सञ्चालन आम्दानी २ अर्ब ५५ करोड रुपैयाँ थियो।
चुक्तापुँजी १२ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ८८ करोड रुपैयाँ रहेको छ। गत वर्ष रिजर्भमा २ अर्ब ६ करोड रुपैयाँ रहेको थियो।
कम्पनी वार्षिकीकृत ईपीएस ५०० रुपैयाँ कायम भएको छ। गत वर्ष ईपीएस ३७ रुपैयाँ थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19