काठमाण्डौ । बोटलर्स नेपाल लिमिटेडलाई नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्थान (आईक्यान)द्वारा आयोजित एक कार्यक्रममा म्यान्युफ्याक्चरिङ सेक्टर क्याटेगोरीअन्तर्गत बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए)–२०२२ का लागि गोल्ड अवार्ड प्रदान गरिएको छ।
आर्थिक वर्ष २०७८–७९ को वार्षिक हिसाबमा प्रस्तुत गरिएका आउट्स्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर र ट्रान्सपेरेन्सि अफ इन्फर्मेसनका लागि बीएनएललाई यो अवार्ड प्रदान गरिएको हो।
बोटलर्स नेपाल (तराई) लिमिटेडलाई २०२२ का लागि सोही श्रेणीमा आईक्यानद्वारा मेरिट अवार्ड पनि प्रदान गरिएको थियो। बोटलर्स नेपाल र बोटलर्स नेपाल तराईले आफ्नो कर्पाेरेट गभर्नेन्स र कम्प्लायन्समाथि गर्व रहेको जनाएका छन्।
‘बोटलर्स नेपालले हाम्रा सप्लायर, ग्राहक र सेयरहोल्डरलगायत सबै स्टेकहोल्डरसँग राख्नुपर्ने ट्रान्सपेरेन्सीको महत्व बुझ्दछ। कर्पाेरेट गभर्नेन्स र कम्प्लायन्स हाम्रो आन्तरिक प्रक्रिया र ग्लोबल कोका–कोला सिस्टमको अंश हो, जसलाई हामी उत्प्रेरित रूपमा पालना गर्छौं। हामी हाम्रो सानो प्रयासका लागि मान्यता प्राप्त गरेकोमा कृतज्ञ छौँ’, कम्पनीले भनेको छ।
उक्त पुरस्कार अर्थमन्त्री डा. प्रकाश शरण महतले आइक्यानद्वारा आयोजित एक कार्यक्रममा बोटलर्स नेपालका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19