काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सले बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धमा युवा उद्यमी एवं व्यवसायीलाई प्रशिक्षण दिएको छ ।
मानवीय बुद्धिको उपयोगबाट सिर्जित बौद्धिक सम्पत्तिको संरक्षण एवं अन्तरराष्ट्रिय अभ्यासबारे युवा उद्यमीलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।चेम्बर भवनमा बिहीबार आयोजित प्रशिक्षणमा करिब ३६ जना युवा उद्यमीको सहभागिता थियो ।
बौद्धिक सम्पत्ति संरक्षण समाजका कार्यबाहक अध्यक्ष विशु कुमार केसीले नेपालमा बौद्धिक सम्पत्ति संरक्षणको अवस्था, अन्तरराष्ट्रिय अभ्यास लगायतका विषयमा प्रशिक्षण दिएका थिए । बौद्धिक सम्पत्तिका धनीको कानूनी व्यवस्था, राज्यले दिने अधिकारलाई स्थापित गराउन युवा उद्यमीहरूलाई प्रशिक्षण दिइएको चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए ।
उनका अनुसार बौद्धिक सम्पत्तिको अधिकारबारे उद्योग व्यवसायी, सरकारी निकायका सरोकारवाला पदाधिकारी, सञ्चार माध्यम सबै सचेत हुन आवश्यक छ ।समाजको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहयोग गर्नका लागि बौद्धिक सम्पत्तिको अवधारणा आएको हो ।
नेपालमा विसं १९९३ सालदेखि नै पेटेन्ट, डिजाइन र ट्रेडमार्क कानून प्रचलनमा आएको छ । बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धि विद्यमान कानून बारे नेपाल चेम्बर अफ कमर्सले समय समयमा विभिन्न अभियान सञ्चालन गर्दै आएको बताएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19