भक्तपुर । काठमाडौंस्थित अनामनगरमा केन्द्रीय कार्यालय रहेको स्टक ब्रोकर नम्बर ५७ अर्थात आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रा.लि.ले भक्तपुरमा आफ्नो शाखा विस्तार गरेको छ।
भक्तपुर गठ्ठाघरमा कार्यालय रहेको उक्त शाखाको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
शाखा उद्घाटन गर्दै भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रा.लि. को शाखा भक्तपुरमा सञ्चालनमा आउनु जिल्लाका सेयर लगानीकर्ताहरुको लागि खुसीको कुरा भएको बताए ।
सेवा विस्तारका लागि धन्यवाद दिँदै उनले आगामी दिनमा शाखाबाट राम्रो सेवासुविधा पाउने आशा व्यक्त गरे । उनले भक्तपुर उद्योग वाणिज्य संघले सेयर बजारसम्बन्धी जिल्लाका उद्योगी, व्यवसायीहरुलाई सुसूचित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै आर्यताराको शाखासँग समन्वय र सहकार्य गर्न संघ तत्पर रहेको बताए ।
कार्यक्रममा आर्यताराका संस्थापक अध्यक्ष भरतप्रसाद नेपाल, अध्यक्ष रामचन्द्र भट्टराई, मध्यपुर थिमी नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरि आचार्य, लगानीकर्ता दिनेश हुमागाईंलगायतले आआफ्नो धारणा राखेका थिए । २०६९ सालबाट कारोबार सुरु गरी देशका विभिन्न जिल्लामा पाँच वटा शाखा विस्तार गरिसकेको आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रा.लि.को यो छैठौं शाखा हो ।
आर्यताराको हाल चुक्ता पूँजी १० करोड ५० लाख रहेको छ भने नेटवर्थ करिब ५० करोड रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19