काठमाण्डौ । भिजन सेक्युरिटिज (स्टक व्रोकर नं. ३४) ले भक्तापुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा शाखा विस्तार गरेको छ। 

यो शाखाको आज प्रतिधिभिसभा ससदस्य हरि ढकालबाट उद्घाटन गरिएको हो। नियामक निकायहरुबाट अनुमति लिई सेयर बजारको इतिहासमा भक्तपुर जिल्लामा पहिलो र उपत्यकाभित्रको दोस्रो शाखा सञ्चालनमा ल्याइएको भिजनले जनाएको छ। 

कार्यक्रममा सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, मध्यपुर ठिमी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष कृष्णहरि आचार्यलगायतको उपस्थिति थियो। 

कार्यक्रमको सभापतित्व भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले गरेका थिए। कार्यक्रम सञ्चालन भने प्रमुख सञ्चालन अधिकृत प्रकाश अधिकारीले गरेका थिए।