काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आज मंगलबारदेखि चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा एटीएम सेवा सुरु गरेको छ। योसँगै बैंकको एटीएमको संख्या २०६ पुगेको छ। 

एटीएम सेवाको उद्घाटन वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख दयाराम पौडेलले बैंकका प्रदेश प्रमुख दुर्गाराज पाण्डेयको उपस्थितिमा गरे। बैंकले भरतपुरस्थित उक्त क्याम्पसका कर्मचारी, विद्यार्थी साथै अन्य सर्वसाधारण ग्राहकलाई लक्षित गरी एटिएम सेवा सञ्चालनमा ल्याएको हो। 

सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ), एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटीएम कार्ड, ४५० भन्दा बढी व्यावसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूएनओ क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले उच्चस्तरीयबैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंक ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ।