भरतपुर । शंकर गु्रपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले चितवनको भरतपुरस्थित आफ्नो एक्सक्लयुसिभ शोरुमबाट युवा लक्षित १२५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल ‘टीभीएस रेडर’ सार्वजनिक गरेको छ। 

आज भएको एक कार्यक्रममा सप्तरंग ३ का चर्चित हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायक रामकृष्ण ढकाल, बद्री पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारीको उपस्थितिमा ‘टीभीएस रेडर’ सार्वजनिक गरिएको हो। 

युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्पजस्ता फर्स्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ।