चितवन। सिद्धार्थ क्यापिटल लिमिटेडले आज इन्द्रेणी कलेज भरतपुर चितवनमा धितोपत्र बजारको नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसन (आईओएससीओ) द्वारा आयोजना गरिएको विश्व लगानीकर्ता सप्ताहका अवसरमा धितोपत्र बजारसम्बन्धी लगानीकर्ता सचेतना तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको छ। 

कार्यक्रमको सहजीकरण नेपाल धितोपत्र बोर्डका सहायक निर्देशकहरु दिपेश चौलागाई र भुवन देशार तथा सिद्धार्थ क्यापिटलका तर्फबाट मुक्तिनाथ सुवेदी, निरजन कार्की र नमिता कट्टेलले गरेका थिए। विद्यार्थीलाई धितोपत्र बजारका आधारभूत पक्ष र नेपालको धितोपत्र बजारमा लगानी गर्ने प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो। 

कार्यक्रममा १०० जनाभन्दा बढी विद्यार्थी तथा अन्य सहभागिता थियो। धितोपत्र बजार र लगानीसम्बन्धी विद्यार्थीका विभिन्न जिज्ञासाहरुलाई सहजकर्ताले सम्बोधन गरेका थिए।