काठमाण्डौ । भरतपुर महानगरपालिकाको ताजा मतपरिणाम निकै रोचक मोडमा पुुगेको छ । एमाले र माओवादी केन्द्रका मेयर पदका उम्मेद्वारबीचको टक्कर निकै रोचक मोडमा पुुगेको हो ।

पछिल्लो समय माओवादी केन्द्रकी उम्मेद्वार रेणुु दाहालले एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार देवी ज्ञवालीसँगको मतअन्तर घटाउँदै लगेकी छिन् । 

मत अपडेट अनुसार १४ नम्बर वडाको मतगणना सकिएलगत्तै रेणुु दाहालले मत अन्तरलाई घटाएकी छिन् । हालसम्म एमालेका देवी ज्ञवालीले २९ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् भने रेणुुले उनलाई २७ हजार ४ सय ७ मतले पछ्याइरहेकी छिन् । 

हाल देवी र रेणुुबीचको मत अन्तर १९ सय ६१ बनेको छ । वडानम्बर १४ बाट नेपाली कांग्रेसका ओमप्रसाद पोखरेलको प्यानलले नै जित हासिल गरेको छ । 

उपमेयरतर्फ नेपाली कांग्रेसकी पार्वती शाहले ३० हजार ७ सय ८९ मत ल्याएकी छिन् । उनलाई एमालेकी दिव्या आचार्यले २६ हजार ५ सय ८७ मतले पछ्याइरहेकी छिन् । यो समाचार तयार पार्दासम्म वडानम्बर २५ को मतगणना भइरहेको छ ।