काठमाण्डौ । निर्वाचनको समयदेखि नै चर्चाको शिखरमा रहेको चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम रोचक बन्दै गएको छ । यो क्षेत्रमा एमाले र माओवादी केन्द्रका उम्मेद्वारबीचको टक्कर निकै रोचक मोडमा पुुगेको हो ।
हिजो बिहानसम्म ३८ सय बढी मतले माओवादी केन्द्रकी मेयरका उम्मेद्वार रेणुु दाहाललाई उछिनेका देवी ज्ञवाली आज बिहानसम्म १७ सय भन्दा केही बढी मतले मात्र अगाडि छन् । देवी ज्ञवालीले ३० हजार ६ सय ८२ मत पाएका छन् भने उनलाई रेणुुले २८ हजार ९ सय ३३ मतले पछ्याइरहेकी छिन् । उपमेयरमा कांग्रेस उम्मेद्वार पार्वती शाहको फराकिलो अग्रता कायम छ । उनले ३२ हजार १ सय ५९ मत ल्याउँदा एमालेकी दिव्या आचार्यले २७ हजार ८ सय २९ मत मात्र ल्याएकी छिन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago